दफा ४५
शेयर वा डिबेञ्चर दाखिल खारेज हुने अन्य अवस्था
: कुनै शेयरधनी वा डिबेञ्चरवाला मरी वा
निजले आफ्नो जायजेथा साहूलाई दामासाही गराई वा अरु कुनै व्यहोराले निजको शेयर वा
डिबेञ्चरमा प्रचलित कानून बमोजिम अरु कसैको हक हुन आएमा सो कुराको सबुत प्रमाण साथ
त्यसरी हक प्राप्त गर्ने वा हक कायम भई आएको व्यक्तिले तोकिए बमोजिमको ढाँचामा तोकिएको
दस्तुर सहित कम्पनीमा निवेदन दिएमा कम्पनीले त्यस्तो शेयर वा डिबेञ्चर निजको नाममा
दाखिल खारेज गरिदिनु पर्नेछ ।
तर त्यसरी हक कायम भई आएको हकवालाको नाममा शेयर हस्तान्तरण भई नसकेको भए
तापनि साविक शेयरधनीको नामको शेयर तथा सो सम्बन्धी निजको अन्य हकको हस्तान्तरणको
लिखत प्रचलित कानून बमोजिम कायम हुन आएको निजको हकदारले गरिदिएको भएमा त्यस्तो
हकवालाको नाममा सो शेयर हस्तान्तरण भई सकेको मानी त्यस्तो हस्तान्तरण रीतपूर्वक भएको
मानिनेछ ।